वैशाख १४, काठमाडौं ।
लकडाउनलाई निरन्तरता दिने विषयमा निर्णय गर्न बोलाइएको मन्त्रिपरिषद् बैठक साँझ ५ बजेका लागि सरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्तताका कारण र लकडाउनबारे सल्लाह पनि गर्नुपर्ने भएकाले बैठक केहीबेरका लागि सारिएको हो।
यसअघि दिउँसो २ बजेका लागि बैठक बोलाइएको थियो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकले लकडाउनका बारेमा निर्णय गर्ने सम्भावना छ । तर, लकडाउन अहिलेको भन्दा केही खुकुलो बनाउने कि कडाइ गरेरै लम्ब्याउने भन्नेबारेमा मन्त्रिपरिषदमा छलफल भएपछि निर्णय हुनेछ ।
पछिल्लोपटक थपिएको लकडाउनको अवधि सोमबार सकिँदैछ।


