Banijya News

यादव अपहरण केशमा मुद्धा दर्ता नभएपछि टेकुमा पूर्व प्रधानमन्त्री सहितका नेताको धर्ना

1
1.0K Shares

वैशाख १४, काठमाडौं ।
सांसद डा सुरेन्द्र यादवलाई ’अपहरण’ गरि काठमाडौं ल्याएका नेकपाका सांसद महेश बस्नेत, किसान श्रेष्ठ र पूर्व प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल बिरुद्ध अपहरणको उजुरी गर्न गएका नवगठित जनता समाजवादीका नेताहरु पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई सहितका नेताहरु प्रहरी परिसर टेकुमा पुग्दा प्रहरीले उजुरी लिन नमिल्ने भन्दे फर्काएको छ ।


दिउँसो ३ वजेको आसपास पुगेका उनीहरुको प्रहरीले न उजुरी दर्ता गरेको छ न त्यसलाई उजुरी लिन नमिल्ने भन्दै फर्काएपछि नेताहरु टेकुमा धर्ना बसेको जनता समाजवादीका नेता राजेन्द्र महतोले बताए ।


काठमाडौं प्रहरी परिसरले समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको अहपरण सम्बन्धमा जाहेरी दिन पुगेका नेताहरुलाई फकाई दिएपछि टेकु परिषरमा नेताहरुको ठूलै आक्रोश सहित धर्ना बसेको हो ।

प्रहरीले घटनाको शुरुवात महोत्तरीमा भएको हुँदा त्यहीं जाहेरी दिन भन्दै लिन नमानेको उजुरी दिन पुगेका नेताहरुले बताएका छन् । काठमाडौं प्रहरी परिसरका एसपी र डीएसपीले जाहरी लिने यहाँ होइन महोत्तरी जान सुझाव दिएका हुन् ।
पार्टीका शीर्ष नेताहरु डा. भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, शरतसिंह भण्डारी, हिसिला यमीलगायतका नेताहरु उजुरीका लागि आइतबार दिउँसो महानगरीय प्रहरी परिसरमा पुगेका थिए ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका संसदहरु महेश बस्नेत, किसन श्रेष्ठ र पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनालले समाजवादी पार्टी फुटाउनका लागि सोही पार्टीका सांसद तथा पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई निवासबाटै अपहरण गरेर काठमाडौं ल्याएको आरोप जनाता समाजवादीको छ ।

1

Scroll to Top