Banijya News

झापामा थप एक जनालाई कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ५२ पुग्याे

1
1.0K Shares

वैशाख १४, काठमाडौं ।

झापामा आइतबार एक जना कोरोना भाइरस संक्रमित भेटिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार ५० वर्षीय पुरुषमा काेसी अस्पताल विराटनगरमा भएको परीक्षणका क्रममा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो। यी नयाँ संक्रमित झापाको राजगढ निवासी जमाती हुन् ।

मन्त्रालयका अनुसार संक्रमित पुरुषको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनी अस्पतालको सम्पर्कमा रहेका छन्।

 योसहित नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५२ पुगेको छ। आजमात्रै वीरगंजमा थप दुई जनामा भाइरसको संक्रमण देखिएको थियो। १६ जना भने उपचारपछि घर फर्किएका छन्।

आइतबार मात्र चार जना निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ।

1

Scroll to Top