Banijya News

दिवेश पोखरेललाई अमेरिकन आइडलमा भोट दिन मिल्ने, यसरी गरौँ दिवेशलाई भोट

1
1.0K Shares

  वैशाख १५, एजेन्सीं ।

‘आर्थर गन’को स्टेज नामबाट अमेरिकन आइडलमा ख्याती कमाइरहेका नेपाली गायक दिवेश पोखरेल लाई भोट दिन मिल्ने भएको छ।  टप २० मा पुगेका  नेपाली गायक दिवेशले सबैलाई भोटको अपिल गरेका छन् ।

भोटका लागि भिडियो सन्देशमार्फत अपील गरेका उनले आइतबार तीन माध्यमबाट भोट गर्न सकिने जानकारी दिएका छन् । उनकाअनुसार एक जनाले ३० भोट गर्न सकिने छ  । सन्देश पठाएर, वेवसाइटबाट र अर्को अमेरिकन आइडलको एपलाई डाउनलोड गरेर  भोट गर्न सकिने बताइएको छ । 

अमेरिकन आइडलको १८ औँ सिजनमा सहभागी भएका दिवेशको प्रतिस्पर्धी नम्बर १६ रहेको छ । 

दिवेशको प्रतियोगी नम्बर १६ टाइप गरेर २१५२३ मा टेक्स्ट मेसेज गर्न सकिनेछ । यसरी १० पटकसम्म मेसेज पठाएर भोट गर्न सकिनेछ ।

त्यस्तै अमेरिकन आइडलको एप्लीकेशन डाउनलोड गरेर एकाउन्ट साइनअप गरेर १० पटकसम्म भोट दिन सकिनेछ । एपमार्फत भोट दिनका लागि तपाईले इमेलमार्फत साइनअप गर्नुपर्छ । वा, तपाईले एबीसी टेलिभिजनको एपमार्फत पनि भोट दिनसक्नुहुनेछ । एपमार्फत भोट दिनका लागि तपाईले इमेलमार्फत साइनअप गर्नुपर्छ ।

यसका लागि उनले संसारभरका नेपालीहरुसँग भोटका लागि आह्वान गरेका छन् । उनले एउटा छोटो भिडिओ सार्वजनिक गर्दै सबैसँग नेपाली भाषामा पनि भोट मागेका हुन् ।

अहिलेसम्म साथ दिएकोमा पनि धेरैलाई उनले धन्यवाद दिएका छन् । पोखरेलले भनेका छन्, ‘मेरो सांगीतिक यात्रामा साथ दिनुहुने सबैलाई धन्यवाद, अमेरिकन आइडलको टप २० पर्फमेन्स प्रिमियर हुँदैछ । यसमा अघि बढ्न मलाई हजुरहरुको भोटको आवस्यकता छ ।


1

Scroll to Top