वैशाख १५, एजेन्सीं ।
साउदी अरबले बालबालिकालाई उनीहरुले गरेको अपराधका लागि मृत्युदण्डको सजायमा प्रतिबन्ध लगाएको छ। दुईदिन अघि कोर्रा हान्ने सजायमा प्रतिबन्ध लगाएको साउदीले बालबालिकालाई दिइदै आएको मृत्युदण्डमा अब प्रतिबन्ध लगाउने फैसला गरेको हो ।
साउदी अरबले संयुक्त राष्ट्रसंघको सम्मेलनमा हस्ताक्षर गरेको बीबीसीले जनाएको छ। राष्ट्रसंघको नियमअनुसार अब साउदीले बालबालिकालाई मृत्युदण्ड दिन पाउनेछैन।
अधिकारकर्मीले साउदी अरेबियामा मानवअधिकारको अवस्था विश्वमै सबैभन्दा नाजुकमा अवस्थामा रहेको बताउँदै आएका थिए ।
साउदी अरेबियामा सन् २०१९ मा १८४ जनालाई मृत्युदण्डको सजाय दिइएको थियो । त्यसमध्ये एक पुरुष त्यस्ता थिए, जसले बालक हुँदै अपराध गरेका थिए ।


