बैंशाख, १६ एजेन्सी
विश्वका विभिन्न दुई सय १० देश र दुई वटा अन्तराष्ट्रिय पानी जहाजमा कोरोना भाइरस (कोभिड १९) फैलदा हालसम्म ३० लाख बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयका अनुसार हालसम्म ३० लाख ३६ हजार ७ सय ७० जनामा संक्रमण देखिएको हो ।
त्यस्तै १९ लाख २९ हजारभन्दा धेरैको उपचार भइरहेको छ । उपचार गराइरहेका मध्ये ५६ हजार दुई सय ८१ जना अर्थात् ३ प्रतिशतको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको छ । सङ्क्रमणका कारण अहिलेसम्म दुई लाख ११ हजारभन्दा धेरैको ज्यान गएको छ ।
अमेरिकामा सबैभन्दा बढी ९ लाख ८७ हजार २२ जनामा संक्रमण भेटिएको छ । अमेरिकामा ५६ हजार ६ सय ७७ जनाले ज्यान गुमाएका छन् । विश्वभर कोरोना भाइरस संक्रमणका कारण २ लाख १० हजार ८ सय ४ जनाको मृत्यु भएको छ । ८ लाख ९२ हजार २ सय ९१ जना निको भएको तथ्याङ्क छ ।
बेलायतमा मृत्युदर गत ४ साताकै न्युन पुगेको छ । भारतमा २९ हजार ४ सय ५१ जनामा संक्रमण पुष्टी भएकोमा ९ सय ३९ जनाको मृत्यु भएको छ ।


