Banijya News

थपिए २ कोरोना संक्रमित, सङ्क्रमितकाे सङ्ख्या ५४ पुग्याे

1
1.0K Shares

बैंशाख १६ , काठमाण्डाै –

रौतहटमा दुई जनामा कोरोना पोजेटिभ देखिएको छ। योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ५४ पुगेको छ ।

जिल्लाको वृन्दावन नगरपालिका वडा नंं ९ भुसाहा बस्ने २४ वर्षीय र देवाही गोनाही नगरपालिका वडा नंं १ करुनीया बस्ने ३५ वर्षीय गरी दुईजना पुरूषमा संक्रमण पुष्टि भएको हो।

ती मध्ये एक जना भारतबाट आएर दुई दिन परिवारसँग बसेरमात्रै क्वारेन्टिनमा बसेको र अर्का व्यक्ती क्वारेन्टिन अवधि सकाएर घर फर्किएका थिए। प्रादेशिक ल्याब जनकपुरबाट पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उनलाई घर पठाइएको थियो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा रौतहटका दुई जना पुरुषमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उनीहरुको र्‍यापिड डायग्नाेस्टिक टेस्ट (आरडीटी) बाट कोरोना पोजेटिभ देखिएपछि पीसीआरबाट परीक्षण गर्दा पनि पोजेटिभ देखिएको हो ।

संक्रमित दुवैजना लकडाउन कार्यान्वयन भएपछि चोरबाटो हुँदै भारतबाट नेपाल छिरेको खुलेको छ। अहिले उनीहरुसँग सम्पर्कमा आएका व्यक्तिको बारेमा जानकारी लिने काम भइरहेको छ ।


1

Scroll to Top