कर्मचारीहरुले नै सामग्री चोरी गरेको सीसीटीभी फुटेज बाहिरिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा आज (मंगलबार) छापा मारेको छ ।
अस्पतालका कर्मचारीहरुले अस्पतालका सामग्री चोरी गरेको सीसीटीभी फुटेज बाहिरिएपछि मंगलबार दिउँसो हेटौंडाबाट आएको अख्तियार टोलीले छापा मारेको हो ।
अहिले उक्त सीसीटीभी फुटेज सामाजिक सञ्जालहरुमा भाइरल भएको छ ।
हेटौंडाबाट पुगेको अख्तियारको टोलीले अस्पतालमा छापा मारेर कागजपत्र नियन्त्रणमा लिएको हो। कोरोना अस्पतालमा आर्थिक अनियमितताको आशंका गरिएको छ। प्रदेश ३ सरकारले अस्पताल संचालनका लागि एक करोड रुपैयाँ दिएको थियो।


