बैंशाख, १६ काठमाण्डौ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना संक्रमणका कारण मारमा परेका सर्वसाधारणमा राहत वितरण प्रभावकारी नभएको भन्दै व्यवस्थापनमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएको छ ।
ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा आज पूर्व अर्थमन्त्री तथा अर्थजानकारहरुसंगको छलफलका क्रममा प्रमुख प्रतिपक्षी कांग्रेसले सरकारको ध्यानकर्षण गराएको हो । छलफलमा कोरोना महामारीले अर्थतन्त्रमा परिरहेको र पर्ने प्रभावको पूर्वानुमान एवं अर्थतन्त्र उकास्न समयमै तय गर्नुपर्ने अत्यावश्यक योजना र रणनीति समेत तय गर्दे सरकारलाई सजग बनाएको हो ।
लकडाउनका कारण नेपाली जनताले कष्टकर स्थिति भोगिरहेका बेला अनिवार्य राहत उपलब्ध गराउन तथा ब्यक्ति, वर्ग र क्षेत्रलाई पर्याप्त राहत दिन राज्यले जरुरी कदम चाल्न आवश्यक भएको कांग्रेसले जनाएको छ । उसले राहात वितरणलाई कसरी परिणाममुखी बनाउन सकिन्छ भनेर तत्काल गम्भीर समिक्षा आवश्यक रहेको जनाएको छ ।


