Banijya News

एकै टोलका ४ जनाको रहस्यमय मृत्यु, प्रहरीले लियो एक शव नियन्त्रणमा

1
1.0K Shares

बैंशाख, १७ काठमाण्डौ ।

महोत्तरीमा एउटै गाउँका चार जनाको रहस्यमय रुपमा मृत्यु भएको छ । सबै रक्सी पिउने व्यक्ति भएकाले विषाक्त मदिराकै कारण उनीहरुको मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ।

महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले शव पोस्टमार्टम नगरी रक्सीकै कारण मृत्युु भएको निष्कर्षमा पुग्न नसिकने बताए।

महोत्तरीको भंगहा नगरपालिका–७ मेघनाथ गोरहन्नाका ४० वर्षका मोहन चौधरी, ५२ वर्षका नथुनी चमार, ५४ वर्षका लालबाबु सिंह र बर्दिवास नगरपालिकाका ५२ वर्षका गंगाराम सदाको मृत्यु भएको  हाे।

गंगाराम सदाको शव जलाउने स्थलमा प्रहरी पुग्दा जलाइ सकिएको थियो। लालबाबु सिंहलाई बिहान जनकपुर उपचारका लागि लाँदै गर्दा बाटोमै मृत्युु भएको थियो। चार जनामध्ये उनको शव मात्र जलाउन बाँकी रहेकाले प्रहरीले नियन्त्रणमा  लिएको छ ।

२०७६ चैत पहिलो साता धनुषाको रमदैया र जनकपुरमा विषाक्त मदिराका कारण २४ जनाको ज्यान गएको थियो ।

1

Scroll to Top