Banijya News

बलिउड अभिनेता इरफान खानको मृत्यु

1
1.0K Shares

बैंशाख, १७ काठमाण्डौ ।

बलिउड अभिनेता इरफान खानको मृत्यु भएको छ। खानको स्वास्थ्य बिग्रिएका कारण उनलाई मुम्बईको कोकिलाबेन अस्पतालको आइसीयूमा भर्ना गरिएको  थियो।

उनको पेटमा संक्रमण भएको उनका प्रवक्ताले मंगलबार जनाएका थिए।

सन् २०१८ मा इरफानलाई न्युरोइन्डोक्राइन ट्युमर भएको थियो। इरफानले आफ्ना शुभचिन्तकलाई आफैंले यसबारे जानकारी दिएका थिए ।

पछिल्लो समय इरफानले अंग्रेजी मिडियम नामक फिल्ममा अभिनय गरेका छन्। फिल्म ‘अंग्रेजी मिडियम’ का बेला पनि उनको स्वास्थ्य बिग्रने गरेको बताइन्छ । यस्तोमा युनिटले थुप्रै पटक आफ्नो सुटिङ रोक्नुसमेत गर्दथ्यो । जब इरफान राम्रो महसुस गर्दथे तब मात्रै सट पुनः लिइन्थ्यो । 

हालै इरफान खानकी आमा सईदा बेगमको जयपुरमा निधन भएको थियो। 

लकडाउनका कारण इरफान आफ्नो आमाको अन्तिम संस्कारमा पनि सरिक हुन पाएका थिएनन् । उनले भिडियो कलमार्फत् आमाको अन्तिम संस्कार हेरेको बताइन्छ ।

‘लाइफ अफ पाई’, ‘लन्चबक्स’, ‘पान सिंह तोमार’, ‘हिन्दी मिडियम’ ‘अंग्रेजी मिडियम’ लगायतका थुप्रै सफल चलचित्रका अभिनेता इरफान खानको बुधबार उपचारका क्रममा मुम्बईमा मृत्यु भएको छ । एजेन्सी

1

Scroll to Top