वैशाख १९, काठमाडौं ।
रसियाका प्रधानमन्त्री मिखाएल मिसुतिनलाई कोरोना संक्रमण भएपछि पदत्याग गरेका छन् । संक्रमण भएको पुष्टि लगत्तै सेल्फ आइसोलेसनमा जान उनले प्रधानमन्त्री पद त्यागेको जानकारी दिए ।
प्रधानमन्त्री मिसुतिनले राष्ट्रपति भ्लादमिर पुटिनलाई आफूलाई कोरोना संक्रमण भएको जानकारी गराउँदै पदत्याग गरेका हुन् । टेलिभिजनबाट प्रसारित बैठकमा प्रधामन्त्री मिसुतिनले उपप्रधामन्त्री एन्ड्रे बिलौउसोभलाई कामचलाउ प्रधानमन्त्री चयन गर्न सिफारिस गरेका हुन् ।
पुटिनले उक्त प्रस्ताव स्विकार गरेका छन् । ५४ वर्षीय मिसुतिन गत जनवरीमा प्रधानमन्त्री चयन भएका हुन् । उनी कोभिड(१९ को संक्रमण हुने सबैभन्दा उच्च तहका रसियन हुन् । पुटिनले प्रधानमन्त्रीमा नियूक्त गर्नुअघिसम्म उनी रसियाको कर विभागको प्रमुख थिए । रसियामा कोरोनाको संक्रमण दुर्त गतिमा फैलिएको छ ।


