वैशाख १९, काठमाडौं ।
आज अन्तररािष्ट्रय श्रमिक दिवस । विश्वभरका श्रमिकले आफ्नो वर्गको सामूहिक हक÷हित, मर्यादा र पेशागत सुरक्षा प्राप्तिका लागि एकिकृत आवाजÞ, योगदान, समर्पण र वलिदानको स्मरण गर्दै एकता र ऐक्यवध्दता प्रदर्शनको दिन । विश्वका श्रमिक एक होऔ” भन्ने नाराकासाथ दुनियाभरका श्रमिकहरुको बीचमा ऐक्यवद्धता, सहकार्य र सह—अस्तित्वको अनुभुतीसहित श्रमजीवी वर्गलाई एउटै मालामा बाध्ने दिनका रुपमा अन्तरराष्ट्रिय श्रमिक दिवस (मे दिवस) मनाइन्छ ।
कोरोना संक्रमणका कारण नेपालसहित विश्वभर श्रमिक दिवसका अवसरमा कुनैपनि औपचारिक कार्यक्रम आयोजना नभएपनि सबै मुलुकका श्रमिक सम्वद्ध संगठनहरुले श्रमिकका हकहित तथा सुरक्षाको लागि सरकारको ध्यानाकर्षण गराएका छन भने सरकारले पनि यसमा प्रतिवद्धता जनाएका छन् ।
नेपालमा पनि श्रमिक दिवसको अवसरमा कुनै औपचारिक कार्यक्रम आयोजना नभएपनि श्रमिक दिवसको सन्दर्भ पारेर संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी)ले कोरोनाको कारण श्रमिकले भोग्दै आएका साझा समस्या सम्बोधन गर्न सरोकारवालाको ध्यानाकर्षण गराएको छ ।
कोरोना भाइरस अर्थात कोभिड–१९ को महामारी देखा परेपछि संघिय सरकारले समयमा नै लकडाउन गरेर सक्रमण फैलने सम्भावनावाट नागरिकको जीवन रक्षा गरेको छ । तर, पर्याप्त समयको अभावमा खास गरी इट्टाभट्टा, भारी ओसारपसार, घरेलु श्रम, यातायात, निर्माण, सडक व्यापार लगायत क्षेत्रमा दैनिक पारिश्रमिकमा काम गर्ने श्रमिकहरुले लकडाउनको अवधिका लागि खानेकुराको जोहो गर्न सकेनन । न त आफ्नो गाउ फर्कने समय नै पाए ।
हातमुख जोड्ने समस्या समाधानका लागि स्थानिय तहवाट राहत वितरण शुरु भयो । तर, तथ्यांकको अभावमा राहत वितरणमा समस्या पर्यो । कतै नागरिकता मागियो, कतै घरवालाको सिफारिस । कतै काम गर्ने ठाउको परिचयपत्र मागियो त कतै ठेकेदारको सिफारिस । तर, जो सवैभन्दा बढी समस्याग्रस्त मजदुर नै थिए । उनिहरुसंग मागिएका कुनै पहिचान थिएन । विना पहिचान राहत दिदा स्थानिय जनप्रतिनिधिमाथि भोली अनियमितताको आरोप लाग्ने डर छदै थियो । यस्तैमा हप्ता दिनको लकडाउन सकियो । श्रमिकको भान्सा पनि रित्तियो । त्यसपछि थपिएको लकडाउन, हातमुख जोड्ने समस्या र घरवालाको भाडाको कचकच शुरु भयो । सहजतामा चलायमान बनाउन अनिवार्य ठानिएका यी श्रमिकलाई संकटमा शहरले अपनत्व दिन सकेन ।
फेरी मानव जीवन भनेकोे खाने, लाउने र वस्ने मात्र पनि होइन । मर्दा–पर्दा समाजले दिने मानविय सहयोग, सम्बन्ध र सुरक्षाको अनुभुती महत्वपुर्ण पक्ष हो । जुन जीवनयापनका लागि शहर पसेका श्रमिकले अनुभत गर्न सकेनन । र, जे त पर्ला आफ्नै गाउ जानु उपयुक्त भन्ने निर्णयकासाथ पिठ्युमा झोला र झोलामाथि नानी वोकेर काठमाडौदेखि सप्तरी र सोलुदेखि कैलालीसम्मका पैदल यात्रामा निस्किए । लकडाउन फेरी पनि थपियो । दिनानुदिन पैदल यात्रीको लस्कर थपिदै गयो । त्यसको ह्दय विदारक खवर पढ्दा, सुन्दा र देख्दा मानवता कहाँ छ (?) भन्ने प्रश्नहरु ज्वलन्त बन्दै गए ।
त्यही विचमा पहुचवाला मन्त्री र सांसदसमेत राष्ट्रिय रुपमा समस्याको समाधान खोज्नुको वदला आफ्नो निर्वाचन क्षेत्र र जिल्लाका मतदाता पठाउनतिर लागेपछि जन आक्रोस बढ्नु स्वभाविक थियो । त्यही विच न्यायालय, संसदिय समिति, नागरिक समाज लगायतको निर्देशन÷सुझाव र खवरदारीले अन्तत, संघिय सरकार केही लचिलो भयो । काठमाडौमा रहेका जिल्लाका अगुवा र सम्बन्धित पालिका विचको समन्वयमा श्रमिकहरु गाउ फर्कन थालेका छन् ।


