बैशाख २०, बारा ।
प्रदेश २ मा १२ जना कोरोना संक्रमण पुष्टि भएका मध्ये चारजना उपचारपछि घर फर्किएका छन् । नारायणी उपक्षेत्रीय अस्पातालमा अन्य ८ जनाको उपचार भइरहेको छ । संक्रमित हुनेमा पर्साका ६, रौतहटका तीन, बाराका दुई, सर्लाहीका एकजना रहेका छन् । पर्सामा भेटिएका तीनजना भारतीय नागरिक हुन् । प्रदेश २ मा कोरोना संक्रमणका आशंकामा १६ जनालाई आइसोलेशन वार्डमा राखिएको छ ।
प्रादेशिक अस्पाताल जनकपुरमा आठ, सिमराको अस्थायी कोरोना अस्पातालमा सात, सिराहाको महेन्द्रगेनाईमा एकजनालाई आइसोलेसनमा राखिएको छ ।
आइसोलेसनमा राखिएका १६ जनाकै स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको छ । यस प्रदेशमा अहिलेसम्म दुई हजार ३८५ जनाको स्वाब परीक्षण गरिएकोमा १२ जनाको रिपोर्ट पोजेटिभ आएको हो । परीक्षणका लागि पठाइएका ४६५ जनाको रिर्पोट आउन बाँकी छ ।
पाँच हजार १६१ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । आरडिटी परीक्षणमा १० जनाको रिपोर्ट पोजेटिभ देखिएको थियो ।


