तातोपानी नाकाबाट कोरोना भाइरस प्रतिरोधी स्वास्थ सामग्री र खाद्यान्नभन्दा पनि अनावश्यक सामान आयात हुन थालेको भन्दै भोटेकोशी गाउँपालिकाका जनप्रतिनिधिले तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।
तातोपानी भन्सारका कर्मचारी र व्यापारीको मिलेमतोमा स्याउ, लसुनजस्ता सामान तातोपानीमा आएको उनीहरुको भनाइ छ ।
भोटेकोशी गाउँपालिका–१ का वडाध्यक्ष मुके शेर्पाका अनुसार सो नाकाबाट स्वास्थ सामग्री र अतिआवश्यक खाद्यान्न मात्रै ल्याउन चीन तथा नेपालका प्रशासनिक र सुरक्षाकर्मीको बैठकले निर्णय गरेको थियो । केही दिनदेखि अतिआवश्यकभित्र नपर्ने स्याउ र लसुन ल्याएको भन्दै गाउँपालिकाका वडाध्यक्षहरुले तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।
लकडाउनका बेला अनावश्यक वस्तु स्याउ, लसुनजस्ता सामान आयात हुन थालेपछि सीमावर्ती गाउँपालिकाका जनप्रतिनिधि आन्दोलनमा उत्रिएका हुन् ।
स्याउ र लसुन ल्याएको भन्दै गाउँपालिका–१ का अध्यक्ष शेर्पा, २ का अध्यक्ष दीपेन्द्रकुमार श्रेष्ठ, ३ का अध्यक्ष कैलाश पौडेल र ४ का अध्यक्ष साङदोर्जे शेर्पाले वैशाख १९ गते ज्ञापनपत्र बुझाउनुभएको हो । भन्सार प्रमुखले ज्ञापनपत्र लिन नमानेपछि वडाध्यक्षहरुले भन्सार कार्यालयमा सुरक्षा दिइरहेका प्रहरीमार्फत भन्सार कार्यालयलाई ज्ञापनपत्र बुझाए ।

मापदण्ड नपुगेको भन्दै भोटेकोशीको क्वारेन्टाइन बन्द
मापदण्ड नपुगेको भन्दै भोटेकोशीका १० श्ययाको क्वारेन्टाइन बन्द गरिएको छ । शनिबार अनुगमनका क्रममा १८ श्ययामध्ये आठ श्यया मात्र मापदण्ड पूरा भएको पाइएकाले बाँकी १० वटालाई खारेज गारिएको जिल्ला जनस्वास्थ्य कार्यलयका प्रमुख दुर्गादत्त चापागाईँले बताए ।
जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङ, सहायक जिल्ला प्रमुख बाबुराम खनाललगायतले बाह्रबिसे क्षेत्रीय क्वारेन्टाइन लामोसाँघुलगायत आसपासका क्वारेन्टाइनको अनुगमन गर्नुभएको जिल्ला समन्वय समितिका प्रमुख तामाङले जानकारी दिए । उनले अन्य स्थानका क्वारेन्टाइनको पनि अनुगमन गरी मापदण्ड नपुगेकाहरु बन्द गरिने बताए ।
त्यस्तै, शनिबार बाह्रबिसे आसपासका आठ एम्बुलेन्स चालकलाई व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्री (पीपीई सेट) वितरण गरिएको छ । चालकका लागि प्रदान गरिएको स्वास्थ्य सामग्रीमा पुनः प्रयोग गर्न मिल्ने व्यक्तिगत सुरक्षा सेट, मास्क, बुट र चश्मासमेत रहेको छ । रासस