बैंशाख २१, काठमाडौं ।
मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अहिले बसिरहेको छ। मन्त्रिपरिषद् बैठक केहीबेर अघि सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकले कोरोना भाइरसको कारण गरिएको लकडाउनको मोडालिटी केही परिवर्तन गर्नेबारे निर्णय गर्नेछ। त्यस्तै, आजको मन्त्रिपरिषद् बैठकमा संसद अधिवेशन बोलाउनेबारे पनि छलफल हुने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो पार्टी सचिवालयको बैठकमा संसद् अधिवेशन बोलाउन लागेको जानकारी गराएका थिए। त्यही भएर आजको बैठकमा सो अजेण्डा रहेको बताइएको छ।
हिजो बसेको सचिवालय बैठकलगत्तै, आज बस्न लागेको मन्त्रिपरिषद बैठकलाई विशेष रुपमा हेरिएको छ।


