Banijya News

थपिए एक कोरोना संक्रमित, नेपालमा ६० जना संक्रमित

1
1.0K Shares

२१ वैशाख, काठमाडौं ।

वीरगन्जमा  एक जना कोरोनाभाइरस संक्रमित थपिएका छन्। आज नयाँ संक्रमित थपिएसँगै नेपालमा ६० जनामा कोरोनाभाइरस देखिएको छ। त्यसमध्ये १६ जना निको भएका छन्।

निको भएकामध्ये रौतहटका एक युवालाई भने फेरि अस्पताल भर्ना गरिएको छ।

वीरगन्ज-३ छपकैया ती पुरूषलाई आइतबार कोरोना संक्रमण पुष्टि भएकोले उनलाई अहिले नारायणी उपक्षेत्रीय अस्पतालको आइसोलेसनमा राखिएको छ।

कोरोना संक्रमित युवक सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता पनि हुन्।  नेकपा पार्टीका वडा स्तरीय राहत वितरण सर्वदलिय समितिका प्रतिनिधि रहेका उनी तीन दिन विभिन्न स्थान पुगेर घरघरमा राहत बाँडेका थिए। 

1

Scroll to Top