बाँकेको नेपालगन्जमा थप ६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार नेपालगन्जकै थप ६ जनामा कोरोना पुष्टि भएको हो। आइतवार साँझ कोरोना पुष्टि भएकाहरुबारे मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारीले विज्ञप्ति निकालेर पुष्टि गरेका हुन्। उनीहरु शुक्रबार र आइतवार भेटिएका १० संक्रमितकै परिवारका सदस्य र नातेदार रहेको बताइएको छ।
नेपालगञ्जका १६, २१ र ३४ वर्षीय पुरुष र ४०, ५५, ६० वर्षीया महिलामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ । यसअघि आइतबार नै नेपालगञ्जका ९ जनामा कोरोना संक्रमण भएको मन्त्रालयले जानकारी दिएको थियो । योसहित संक्रमितको संख्या ७५ जना पुगेको जनाएको छ ।


