बैंशाख २२, काठमाडौं ।
सिराहाको मिर्चेयामा राहत वितरणका क्रममा सोमबार प्रहरी र स्थानीयवासिन्दाबीच झड्प भएको छ । राहत वितरण स्थलमा भीड तितरवितर पार्न सिरहाको मिर्चैयामा प्रहरीले गोली चलाएको छ ।
मिर्चेया नगरपालिका वडा नम्बर ७ मा पछिल्लो तीन दिन यता विपन्नलाई राहत वितरण गरिँदै आएको छ । मिर्चैया नगरपालिका–७ फुलबरियामा राहत उपलब्ध गराउन नाम समावेश नगरेको भन्दै स्थानीयले वडा कार्यालयमा ढुंगामुढा गरेपछि झडपको अवस्था सिर्जना भएको हो ।
झडपका क्रममा प्रहरीले चार राउण्ड अश्रु ग्यास र नौ राउण्ड हवाई फायर गरेका छन् । प्रहरीले लाठी चार्ज पनि गरेको स्थानीयले जानकारी दिएका छन् ।
स्थानीयले राहत लिनेको सुचीमा धनीको नाम समावेश गरिएको भन्दै विरोध जनाएका थिए ।
घटनापश्चात वडा अध्यक्ष रामकुमार यादवले नाम छुटेका परिवारलाई राहत वितरण गरिने प्रतिबद्धता बताएका छन् ।


