Banijya News

आज नयाँ संक्रमित फेला परेनन, २४ घण्टामा १३८२ जनाको कोरोना परीक्षण

1
1.0K Shares

बैंशाख २२, काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार दिउसो ४ बजेसम्म नयाँ संक्रमित भेटिएको छैन।  नेपालमा पछिल्लो २४ घण्टामा एक हजार तीन सय ८२ जनामा कोरोना परीक्षण भएको छ । जस अनुसार कसैमा पनि कोरोना संक्रमण देखा परेको छैन ।

मन्त्रालयको नियमित मिडिया ब्रिफिगंमा प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारी अनुसार नेपालमा हालसम्म कोरोनाको आशंकामा ६४ हजार ४ सय ८५ जनाको नमूना परीक्षण भएको छ। १३ हजार ६ सय ४० जनाको पिसिआर र ५० हजार ८ सय ४५ जनाको आरडिटिबाट परीक्षण भएको छ ।

जस मध्य संक्रमितको सख्या ७५ जना छन् भने १६ जना निको भएर घर फर्किसकेका छन् । उपचारमा रहेका संक्रमितको पनि स्वास्थ्य अवस्था सामान्य रहेको देवकोटाले बताए ।

मन्त्रालयका अनुसार प्रदेश १ मा ५ हजार ८ सय ३७, प्रदेश २ मा ५ हजार ७ सय ३६, बागमतीमा ८ हजार ६ सय १०, गण्डकीमा ५ हजार ८ सय ८२, प्रदेश ५ मा ४ हजार ८ सय ३१, कर्णालीमा ५ हजार ८ सय १३ र सुदूरपश्चिम प्रदेशमा १४ हजार १ सय ३६ जनाको आरडिटिबाट परीक्षण भएको छ। 

कोरोनाको आशंकामा काठमाडौं उपत्यकामा १ र बाहिर १ सय ५ गरी कुल १ सय ६ जना अस्पतालको आइसोलेसनमा भर्ना भएका छन्। मुलुकभर अहिले २१ हजार ५ सय २३ जनालाई क्वारेन्टाइनमा राखिएको मन्त्रालयले जनाएको छ। 

1

Scroll to Top