Banijya News

कोरोनाको उपचारमा खटिने कर्मचारीलाई शतप्रतिशतसम्म भत्ता दिने आदेश पारित, कसलाई कति भत्ता?

1
1.0K Shares

बैंशाख २२, काठमाडौं ।

सरकारले कोरोना भाइरसको उपचार तथा रोकथाममा खटिने डाक्टर, नर्स, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीलाई शत प्रतिशतसम्म प्रोत्साहन गर्ने व्यवस्थापन आदेश ल्याएको छ।  स्वास्थ्य मन्त्रालयले तयार पारेको उक्त आदेश मन्त्रिपरिषद्ले पास गरेको हो। 

गत ९ चैतमा बसेको मन्त्रिपरिषदको बैठकले कोरोनाको उपचार तथा रोकथाममा खटिने स्वास्थ्यकर्मीलाई ५०, ७५ र १०० प्रतिशतको दरले जोखिम भत्ता उपलव्ध गराउने निर्णय गरेको थियो।

आदेश अनुसार कोरोना विरुद्ध अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीलाई १०० प्रतिशत, दोस्रो तहमा रहेर काम गर्नेलाई ७५ प्रतिशत र त्यसभन्दा बाहिर हुने तर कोरोना विरुद्ध खटिएकालाई ५० प्रतिशतको दरले जोखिम भत्ता उपलव्ध हुनेछ।

कसलाई कति भत्ता?

1

Scroll to Top