बैंशाख २२, काठमाडौं ।
बलिउड अभिनेता आमिर खानले आफूले पिठोको पोकामा १५ हजारका दरले रकम राखेर बाँडेको भन्ने कुरा सत्य नरहेको बताएका छन् । उनले ट्वीटमार्फत् उक्त खबर गलत भएको बताएका हुन् ।
उनले लेखेका छन्– ‘साथीहरु त्यो पिठोको झोलामा पैसा राखेर सहयोग पुर्याउने व्यक्ति म होइन । त्यो कि त झुटो कथा हो, या त्यसरी सहयोग गर्ने व्यक्ति चिनिन चाहँदैन । धेरै धेरै माया छ ।’
खानले एक किलो पिठोको झोलामा १५ हजार रुपैयाँ राखेर बाँडेको कुरा एकाएक सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसमा स्पष्टिकरण दिँदै अभिनेता खानले पिठोको प्याकेटमा पैसा राखेर बाँड्ने आफू नरहेको वा त्यो समाचार नै पूर्ण रुपले झुट हुन सक्ने वा आफ्नो नाम खुलाउन नचाहने व्यक्तिले त्यस्तो गरेको हुन सक्ने बताएका हुन् ।


