बैंशाख २३, एजेन्सी ।
कोरोनबाट सबै भन्दा बढी प्रभाति भएको छ अमेरिका । कोरोना भाइसरका कारणले भएको क्षति र त्यसबाट पार पाउन उस्ले ठूलै कसरत गर्नुपर्ने देखिन्छ । यही भएर कोरोनाभाइरसका कारण राहत प्याकेज र अन्य खर्चका लागि अमेरिकाले आर्थिक वर्षको दोस्रो त्रैमासिकमा तीन ट्रिलियन डलर ऋण लिने भएको वीवीसले उल्लेख गरेको छ । स्वास्थ्य सेवा, राहत प्याकेज र मानिसहरुलाई सिधै पैसा पठाउनका लागि प्रयोग गरिने रकम हो । कोरोनाका कारण अमेरिकी अर्थव्यवस्थाको करिब १४ प्रतिशत हिस्सा खर्च हुने भएको हो ।
सन् २००८ को आर्थिक संकटको समयमा एक त्रैमासिकमा अमेरिकाले जति ऋण लिएको थियो अहिलेको रकम त्योभन्दा पाँच गुणा बढी भएको वीवीसीको दाबी छ । कारेना प्रभावसँगै अमेरिकामा कूल २५ ट्रिलियन डलरको ऋण लागेको छ ।


