बैंशाख २३, काठमाडौं ।
कोरोना भाइरस संक्रमणको महामारीविरुद्ध लडन सरकारले ३ अर्ब ४२ करोड रुपैयाँ बराबरको बजेट रकमान्तर गरी खर्च गरेको छ । सरकारले स्वास्थ्य सामग्री खरिद र स्वास्थ्य जनशक्ति परिचालनका लागि उक्त रकम खर्च गरेको हो ।
स्वास्थ्य सामग्री खरिद र जनशक्ति परिचालनका लागि स्वास्थ्य मन्त्रालयलाई १ अर्ब ८ करोड रुपैयाँ र रक्षा मन्त्रालयलाई २ अर्ब ३४ करोड रुपैयाँ रकमान्तर गरी निकासा गरिएको अर्थमन्त्रालयले बताएको छ ।
सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम कोषमा अहिलेसम्म २ अर्ब २० करोड रुपैयाँ जम्मा भएको र उक्त रकम कार्य योजना बनाई राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजनमा सिफारिस भए अनुसार उद्धार र स्वास्थ्य उपचारसँग सम्बन्धित क्षेत्रमा खर्च गर्न प्रयोग गरेको छ ।
सरकारले कोरोना भाइरसको रोकथामका लागि डेढ खर्ब रुपैयाँ अन्तराष्ट्रिय क्षेत्रबाट सहायताको प्रतिवद्धता पाएको छ ।


