Banijya News

साउदी सरकारको तलब कटौती निर्णयले ४ लाख नेपाली कामदार समेत प्रभावित हुँदै

1
1.0K Shares


बैंशाख २३, काठमाडौं ।
साउदी अरव सरकारले कोरोना संक्रमणबाट अर्थतन्त्रमा परेको प्रभावलाई कम गर्नको लागि कामदार कर्मचारी निश्कासन देखि लिएर कामदारको तलबमा ४० प्रतिशतसम्म कटौती गर्ने निर्णय गरेको गल्फ न्यूजले जनाएको छ । साउदीले नीजि क्षेत्रमा कार्यरत श्रमिकको ४० प्रतिशत तलब कटौती गर्न सक्ने गरी नयाँ नियम लागू गरेपछि यस्को असर नेपाली कामदारलाई समेत देखिएको छ ।


कोरोनाका कारण आर्थिक भार नियन्त्रण गर्ने र श्रमिकको समस्या समाधान गर्न नयाँ नियम ल्याइए पनि यसको असर रोजीरोटीका लागि काम गर्ने पुगेका ४ लाख नेपाली मजदुरलाई समेत पर्ने भएको छ । साउदीको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले दिएको अधिकार अनुसार नीजि कम्पनीले ६ महिनाका लागि आफ्ना कामदारको तलब ४० प्रतिशत कटौती गर्न सक्नेछन् । यसका लागि सम्बन्धित कम्पनीले कोरोना भाइरसले व्यवसाय समस्यामा परेको प्रमाणित गर्नुपर्ने छ ।


यतिखेर विश्वनै कोरोना संक्रमणको प्रभावमा छ । यो अवस्थामा प्रत्येक जस्तो साउदी कम्पनीहरु प्रभाबित भएका छन् । प्रभावसँगै सोमबार जारी गरिएको साउदी सरकारको मन्त्रीस्तरीय निर्णय अव नेपालबाट गएका कामदार समेत प्रभावित हुने छन् । विशेषगरी कोरोना भाइरसका कारण लकडाउनमा बसेका कामदारको ४० प्रतिशत तलब कटौती हुनसक्ने छ । एजेन्सी

1

Scroll to Top