बैंशाख २४, काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अर्थतन्त्र केन्द्रित विशेष समिति गठन गरेको छ । कांग्रेसले गत वैशाख १७ गते बसेको केन्द्रीय समितिको बैठकले गरेको निर्णयअनुसार कोरोनाले पारेको असरबारे अध्ययन, विश्लेषण एवं देशका लागि आवश्यक दृष्टिकोण निर्माण गर्न समिति गठन गरेको छ । समितिले तत्कालीन रुपमा अत्याश्यक राहतबारे सुझाव, अल्पकालीन रुपमा आगामी बजेटका प्राथमिकताबारे, धारणा र दीर्घकालीन रुपमा कोरोनापछिको अर्थतन्त्रबारे दुरगामी दृष्टिकोण निर्माण गर्ने कांग्रेसले जनाएको छ । उक्त समितिको अध्ययन, विश्लेषण र अभिमतको आधारमा कांग्रेसले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने छ ।
सभापति शेरबहादुर देउवाले गठन गरेको उक्त समितिको संयोजक डा. रामशरण महत रहने गरी अन्य १४ जना सदस्य छन् । समितिको सदस्यहरुमा महेश आचार्य, ज्ञानेन्द्र बहादुकार्की, नारायण खड्का, मीनेन्द्र रिजाल, चिनकाजी श्रेष्ठ, दीपकुमार उपाध्याय, भरत शाह, उदय शम्शेर राणा, डा.पृथ्वीराज लिगल, डा. शंकर शर्मा, डा.जगदिशचन्द्र पोखरेल, डा.गोविन्द पोखरेल र डा.स्वर्णिम वाग्ले छन् ।


