Banijya News

निको भएका भनिएका काठमाडौका एक पुरुषमा फेरी कोरोना संक्रमण

1
1.0K Shares


बैंशाख २४, ललितपुर ।
पाटन अस्पतालबाट ११ वैशाखमा डिस्चार्ज भएर घर फर्किएका पेप्सीकोलास्थित् सनसिटी अर्पाटमेन्टका ५८ वर्षीय पुरुषमा पुनः संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार पेप्सिकोलास्थित सिनसिटी अपार्टमेन्टका ५२ वर्षका पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो ।
१ वैशाखमा ती पुरुष, उनकी आमा र श्रीमतीमा आरडीटी किट परीक्षणमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका थिए । पीसीआर परीक्षणमा श्रीमतीको रिपोर्ट नेगेटिभ आएको थियो भने आमा छोराको रिपोर्ट पोजिटिभ देखिएको थियो । ११ वैशाखमा दुवैको अन्तिम रिपोर्ट नेगेटिभ देखिएपछि डिस्चार्ज गरिएका थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार उनमा सामान्य खोकीको लक्षण देखिएपछि स्वाबको नमूना संकलन गरेर परीक्षण गरिएको थियो । परीक्षण रिपोर्ट पोजिटिभ देखिएपछि उनलाई आज ललितपुरस्थित् पाटन अस्पतालमा भर्ना गरिएको हो ।

1

Scroll to Top