काठमाडौं, २५ वैशाख ।
कोरोना संक्रमण भएर विराटनगरको कोशी अस्पतालमा उपचार गराइरहेका ८ जना निको भएपछि शुक्रवार डिस्चार्ज गर्ने तयारी अस्पतालले गरेको छ । उदयपुरको भुल्केमा संक्रमित परीक्षण गर्दा संक्रमित भएको पाइएपछि उपचारका लागि सो अस्पतालमा भर्ना गरिएको थियो । यस अगाडि पनी कोशी अस्पतालबाट ६ जना बुधवार निको भई घर फर्किएका थिए ।
हाल कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा २५ जना रहेका छन् । प्रदेश १ मा जम्मा कोरोना संक्रमितको संख्या ३१ पुगेको थियो ।


