काठमाडौं, २५ वैशाख ।
कपिलवस्तुमा बिहीबार साँझ थप दुई जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साँझ एक विज्ञप्ति जारी गर्दै थप दुईमा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।
मन्त्रालयका अनुसार संक्रमित कपिलवस्तु – ८ का १६ वर्ष र २२ वर्षका युवाहरु रहेका छन् । संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।


