काठमाडौं, २६ वैशाख ।
बैंक तथा वित्तीय निकायहरुले शुक्रबारदेखि आफ्ना सबैखाले सेवा प्रदान गर्ने भएका छन् । सरकारले उद्योग, बैंकिङ तथा वित्तीय निकाय लगायत बिभिन्न क्षेत्रलाई सेवा सुचारु निर्देशन दिएपछि शुक्रवारबाट सम्पूर्ण सेवा दिने भएका हुन् ।
मन्त्रिपरिषद् बैंठकले बैंक तथा वित्तीय संस्था, बीमा धितोपत्र, सहकारी मार्फत सेवाप्रवाह गर्नका लागि आवश्यक कर्मचारीहरु मध्ये एक तिहाई कर्मचारीद्वारा सेवा सञ्चालन गर्न दिने निर्णय गरेको थियो । बैंकहरुले त्यसै बमोजिम सेवा प्रदान गर्न तयारी गरेका हुन् ।
बैंकर्स एसोसिएशन अफ नेपालका अध्यक्ष तथा सानिमा बैंकका सीइओ भुवन दाहालले शुक्रवार बाट सम्पूर्ण वित्तीय सस्थाले कारोबार गर्ने बताए । उनले भने, ‘हिजो पनि हाम्रो सेवा जारी थियो, त्यस्मा अव थप सेवा दिनेछौ ।’
नेपाल राष्ट्र बैंकले उच्च सावधानीका साथ काम गर्न निर्देशन दिएको छ । बैंकको नियमनकारी निकाय राष्ट्र बैंकले अहिले बैंकलाई आफ्नो सेवा सुचारु गर्न आफैमा कठिनाई रहेको र चुनौतीका बीच सावधानीपुर्वक संचालन गर्न निर्देशन दिएको हो ।


