२६ वैशाख, काठमाडौं ।
आजदेखि संसदको वर्षे अधिवेशन अर्थात बजेट अधिवेशन प्रारम्भ हुदैछ । अपराह्न ४ बजे देखि शुरु हुने अधिवेशनमा प्रतिनिधीले समेत समाजिक दुरी कायम गरेर भाग लिने छन् ।
कोरोना भाइरस (कोभिड १९) कारण स्वास्थ्य सतर्कताका लागि विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको सबै मापदण्ड पालना गर्दे संघीय संसदको छैटौं बजेट अधिवेशनको सबै तयारी पूरा भएको छ । संसद सचिवालयले सभामुख अग्निप्रसाद सापकोटालाई सबै सदस्यहरूको बसाई व्यवस्थापन, सभाकक्ष, कुर्सी, टेबुल, माइक व्यवस्थापन, सरसफाई लगायतका सबै तयारी पूरा भएको जानकारी गराएको थियो ।
सभाहलमा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार दुरी कायम गरी बस्ने व्यवस्था गरिएको छ । जसअनुसार हरेक दुई सीट खाली गरेर बस्ने गरि मिलाइएको छ । संयुक्त सदन बस्दा करिब १०० जना सदस्यहरु माथिल्लो हलमा बस्नेछन् । प्रतिनिधिसभाको मात्रै बैठक हुँदा पनि ४० जना सांसद माथि बस्नुुपर्ने हुन्छ ।
संसद बैठक अघि कोरोना भाइरस भए नभएको बारे पिसिआर विधिबाट आज संघीय संसद अन्र्तगत ४४१ जनाको थ्रोट स्वाब संकलन गरिएको छ । जसमा १७९ जना प्रतिनिधिसभाका सदस्य, ३३ जना राष्ट्रिय सभाको सदस्य गरी २१२ जना सदस्य्हरुको स्वाब संकलन गरिएको छ । बाँकीको आज विहान परीक्षण गरिएको छ ।


