धितोपत्रको दोस्रो बजार कारोबार मंगलबारदेखि दैनिक २ घण्टा संचनलन गरिने भएको छ । बिहान ११ बजेदेखि १ बजेसम्म सञ्चालन गर्ने सहमति सरोकारवालाबीच भएको हो । कारोवारको क्रममा नेप्से परिसूचक २ प्रतिशतले घटी वा बढी भएमा सो दिनको कारोबार बन्द समेत गरिने भएको छ ।
नेप्से, सिडिएससी, मर्चेन्ट बैंकर, डीपी र ब्रोकरबीच शुक्रबार भएको छलफलमा यस्तो सहमति बनेको धितोपत्र बोर्डले जनाएको छ ।
छलफलमा प्रारम्भिक कारोबार सत्रमा मूल्य प्रविष्टी गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको १ प्रतिशतसम्म परिवर्तन हुनसक्ने र कारोबार आदेश प्रविष्टि गर्दा २ प्रतिशतसम्म परिवर्तन हुनसक्ने व्यवस्था गरी समग्रमा दिनको ३ प्रतिशत भन्दा बढी परिवर्तन हुन नदिने व्यवस्था गर्ने समेत सहमति भएको छ । कुनैपनि कारोवार विद्युतिय माध्यमद्धारा गर्ने समेत सहमति भएको हो ।


