Banijya News

थप ७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १०९ पुग्यो

1
1.0K Shares

नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।आज ७ जना थपिएसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १०९ पुगेको छ । जसमध्ये ३१ जना निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुर भुल्केका १८, ४५, ६५ वर्षका महिला, कपिलवस्तुका १७ र १८ र१८ वर्षीय पुरुष र पर्सा छपकैयाका ६३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

राष्ट्रिय प्रयोगशाला काठमाडौं र कोसी अस्पताल विराटनगरमामा परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारी जानकारी दिए । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् ।

1

Scroll to Top