Banijya News

सशस्त्रका २२ डीएसपी एसपीमा बढुवा हुँदै (बढुवा हुनेको लिष्ट सहित)

1
1.0K Shares


वैशाख २७, काठमाडौं ।
सशस्त्र प्रहरीका २२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवा गरिने भएको छ । गृह मन्त्रालयको शुक्रबार बसेको बढुवा सिफारिस समिति बैठकले रिक्त रहेको २२ पदमा बढुवा हुने डीएसपीको नाम सिफारिस गरेको हो ।

सिफारिसमा परेकाको पहिलो नम्बरमा समिर कुमार महर्जन छन् । त्यस्तै क्रमशः महेश अधिकारी, दिपक कुमार थापा, राजु श्रेष्ठ, विजयकुमार केसी, सुधिर सुवेदी, सुरेश सापकोटा, मनोज थापा, प्रकाश कुमार सुवेदी, दिपेन्द्र कुँवर, सुरेन्द्र बुढाथोकी, हर्कबहादुर विष्ट पनि एसपीमा बढुवामा परेका हुन् ।
महेश केसी, संजय भट्टराई, अर्जुन खत्री, जनकराज बस्नेत, नरबहादुर रावत, दिपेन्द्र गिरी, सुभाष भण्डारी, राजेन्द्र थापा, पूर्णबहादुर साउद र द्रोण कुमार बिष्टको पनि बढुवा भएको हो ।

1

Scroll to Top