उदयपुरको भुल्केका थप एकजना महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विराटनगरस्थित कोसी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप एक महिलामा कोरोना पोजेटिभ देखिएको हो । पछिल्लो समय उदयपुरको भुल्केमा कोरोना संक्रमितको संख्या क्रमस बढदै छ । शनिबार बिहान भुल्केकै तीन महिलामा संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय १० पुगेको छ।


