Banijya News

राष्ट्र बैंकलले १५ अर्ब ७४ करोड रुपैयाँको आन्तरिक ऋण उठाउने

1
1.1K Shares


नेपाल राष्ट्र बैंकले अनलाइनमार्फत लगानीकर्ताले बोलकबोल गर्न सक्नेगरी १५ अर्ब ७४ करोड ५० लाख रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिन अवधिको दुई अर्ब रुपैयाँ, १८२ दिन अवधिको ११ अर्ब ८५ करोड रुपैयाँ र एक वर्ष अवधिको एक अर्ब ८९ करोड रुपैयाँको सरकारी ऋणपत्र जारी गर्ने भएको हो ।
उक्त सरकारी ऋणपत्रको बोलकबोल जेठ ५ गते साँझ तीन बजे खुला गरिनेछ । ९१ दिन अवधिको सरकारी ऋणपत्र भदौ दुई गते परिपक्व हुनेछ बैंकले जनाएको छ । त्यस ९१ दिन अवधिको सरकारी ऋणपत्र मंसिर २ गते र एक वर्ष अवधिको सरकारी ऋणपत्र २०७८ साल जेठ २ गते परिपक्व हुनेछ ।

1

Scroll to Top