कोरोना भाइरसका शनिबार बिहानसम्म विश्वभरमा ३ लाख ३९ हजार ४१८ जनाको ज्यान गएको छ । हालसम्म संक्रमितको संख्या ५२ लाख ९८ हजार १९७ मा कोरोना संक्रमण देखिसकेको हो । यसमध्ये २१ लाख ५६ हजार २८८ जना निको भएर घर फर्किसकेका छन् ।
छिमेकी मुलुक भारतमा १ लाख २४ हजार ७ सय ९४ जनामा संक्रमण पुष्टि भएको छ। सर्वाधिक संक्रमण देखिएको देशको सूचीमा भारत ११ औं स्थानमा छ। भारतमा ३ हजार ७ सय २६ जनाको मृत्यु भएको छ। ५१ हजार ८ सय २४ जना संक्रमित अहिले संक्रमणमुक्त भएका छन्। भारतभन्दा अघि क्रमशः इरान, टर्की, जर्मनी, फ्रान्स, इटाली, स्पेन, बेलायत, रुस, ब्राजिल र अमेरिका छन्।
मृत्यु हुनेको संख्या अमेरिकामा सर्वाधिक छ। त्यहाँ ९५ हजार ९ सय २१ जनाको मृत्यु भइसकेको छ। त्यस्तै, बेलायतमा ३६ हजार ४ सय ७५, इटालीमा ३२ हजार ६ सय १६, स्पेनमा २८ हजार ६ सय २८, फ्रान्समा २८ हजार २ सय १८, ब्राजिलमा २१ हजार ४८ जनाको मृत्यु भएको छ।
विश्वभर २० लाख ५४ हजार १ सय २५ जना संक्रमित अहिले संक्रमणमुक्त भइसकेका छन्। संक्रमणमुक्त हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ। त्यहाँ ३ लाख ५० हजार १ सय ३५ जना संक्रमणमुक्त भइसकेका छन्।
त्यस्तै, जर्मनीमा १ लाख ५९ हजार ६४, स्पेनमा १ लाख ५० हजार ३ सय ७६, इटालीमा १ लाख ३६ हजार ७ सय २०, ब्राजिलमा १ लाख ३५ हजार ४ सय ३० जना संक्रमणमुक्त भएका छन्।


