एजेन्सी — कोरोना भाइरसको भ्याक्सिन विकासमा महत्वपूर्ण उपलब्धि हासिल गरेको भन्ने हल्ला चलाएपछि अमेरिकाको बायोटेक कम्पनी शेयर मूल्यमा ३० प्रतिशले बृद्धि भएको छ । विश्व कोरोना संक्रमणको मारमा रहेको समय अमेरिकको नेशनल इन्स्टिच्युट अफ हेल्थ एन्ड मोर्डेना इन्क र इनोभियो फर्मास्युटिकलले यस्को भ्याक्सिन बनाएको र त्यस्को परीक्षण गरेको समाचार बाहिर आएको थियो । सोही समाचारको आधारमा सोमबार र मङ्गलबार गरी मोर्डना कम्पनिले ३ करोड डलरको शेयर विक्री गरेको छ ।
चीन, रुस, अमेरिका, अष्ट्रेलिया देखि विश्मा अधिकांस देशहरु कसरी कोरोना नियन्त्रणको औषधि निमार्ण गर्न सकन्छ भनेर अध्यान अनुसन्धान गरिरहेका छन् । त्यस्तै विश्वका चर्चित अक्सफोर्ड लगायतका विश्वबिद्यालय समेत कोरोना नियन्त्रणको विकल्पका लागि लागि परेका छन् । यस्तो अवस्थामा मोर्डनाकम्पनीले केही सफलता पाएको छ । मोर्डनाले पहिलो चरणको क्लिनिकल परीक्षणबाट थोरै मानिसलाई लिएर भ्याक्सिन सुरक्षित र रोगप्रतिरोधात्मक क्षमताको भएको अध्यान सम्पन्न गरेको छ । मोर्डनाले दोस्रो चरणको परीक्षण पनि शुरु गर्दे छ । तेस्रो चरणको परीक्षण जुलाईमा हुनेछ । जसमा हजारौं मानिसहरुमा परीक्षण हुनेछ । कोभिड १९ रोकथाममा सफलता हासिल हुनुका साथै मानिसको स्वास्थ्यलाई नकारात्मक असर नगरेमा यसको सार्वजनिक प्रयोग शुरु गरिनेछ । प्रारम्भिक परिणाम अनुसार कोभिड १९ को परीक्षणको भ्याक्सिनले सकारात्मक नतिजा दिएको हो ।
अमेरिकाको बायोटेक कम्पनि मोर्डनाले त्यहाँको नेस्नल इन्स्टिच्युट अफ हेल्थसँग मिलेर कोरोना भाइरसविरुद्धको भ्याक्सिन निर्माण गरिरहेको छ । भविष्यमा अध्ययन राम्ररी बढेमा सन् २०२१ को जनवरी अगावै भ्याक्सिन सार्वजनिक रुपमा उपलब्ध हुनेछ । यसको लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ । त्यस अगाडि भ्याक्सिनको सबै चरणको परीक्षण सफल हुनुपर्नेछ ।
बेलायतमा ठूलो परिमाण परीक्षण
बेलायतमा १० हजार मानिसमा कोरोना भाइरसविरुद्धको खोप परीक्षणको तयारी गरिएको छ । बेलायतका वैज्ञानिकले तयार पारेको खोप दोस्रो चरणमा परीक्षण गरिएको हो । यो सफल भएमा बेलायतमा बच्चा र वृद्धवृद्धासमेत १० हजार २६ जनामा यसको परीक्षण गरिनेछ । गत महिना पहिलो चरण अन्र्तगत अक्सफोर्ड विश्वविद्यालयका शोधकर्ताले खोपको प्रभाव र सुरक्षा जाँच गर्नका लागि १ हजारभन्दा बढीमा खेप परीक्षण गरिएको थियो । जुन सफल भएसँगै दोस्रो चरणको परीक्षण भएको हो ।
त्यही भएर औषधि निर्माता एस्ट्राजिनसाले अक्सफोर्ड विश्वविद्यालयसँग ४० करोड खोपका लागि सम्झौता गरेको छ । अक्सफोर्ड विश्वविद्यालयका तर्फबाट खोपमा नोक्सान नर्पुयाउने चिम्पान्जी कोल्ड भाइरसको प्रयोग गरिएको छ । यसमा शरीरमा कोरोनाविरुद्ध लड्न प्रतिरोधात्मक प्रोटिन विकास गर्ने गरी परिवर्तन गरिएको छ ।
खोप विकसित गर्न लागिरहेको टिमका प्रमुख एन्ड्रयु पोलार्डले भने, ‘चिकित्सकीय अनुसन्धान सही दिशामा अघि बढिरहेको छ । हामी वृद्ध मानिसमा पनि खोप परीक्षण सुरु गर्न गइरहेका छौं । जसबाट हामी पूरै जनसंख्यालाई सुरक्षा गर्न सक्छौं या सक्दैनौं भन्ने विश्वास हुने छ । ’


