भारतमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्न थालेको छ । हालसम्म ३ हजार ८६८ जनाको मृत्यु भएको भारतमा शनिबारमात्रै १४२ जनाले कोरोनाबाट ज्यान गुमाउनु परेको छ । त्यस्तै शनिबारमात्रै ६ हजारभन्दा बढी संक्रमित फेला परेका छन् । कोरोना भाइरसका कारण थप भयावहस्थिति सिर्जना भएको छ ।
भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख ३१ हजार नाघेको छ । संक्रमितमध्ये ५४ हजारभन्दा बढी निको भएर घर फर्किका छन् । गम्भीर कति छन् त्यसबारे भने रिपोर्ट दिइएको छैन । भारतमा कोरोनामो संक्रमण बढदै जाँदा नेपालमा पनि यस्को संक्रमिण बढदो छ । दैनिक भारतबाट पछिल्ला दुई दिनमा १० हजार नेपाली श्रमिक नेपाल प्रबेश गरेको अनुमान छ । उनीहरुले भारतबाट कोरोना समेत भित्राई रहेका छन् ।


