जनकपुर प्रादेशिक अस्पतालको आइसोलेसनबाट एक कोरोना संक्रमित फरार भएका छन् । उनी अस्पतालको झ्याल फोडेर फरार भएका छन् । कोरोना संक्रमित अस्पतालबाट भागेपछि जनकपुर क्षेत्रमा त्रास फैलिएको छ ।
सर्लाहीका ती ४० वर्षिय संक्रमित व्यक्तिको मानसिक सन्तुलन गुमेको र पटक–पटक भाग्ने प्रयास समेत गर्दै आएका थिए ।
उनको हाल खोजी भइरहेको छ । अहिले विशेष कोभिड अस्पतालको आइसोलेसनमा सर्लाही, महोत्तरी, धनुषा र सिरहाका कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।


