लकडाउनका गरेको कारण दैनिक ज्यालादारीमा काम गर्ने तथा आर्थिक अवस्था कमजोर भएका परिवारहरूलाई कुमारी बैंकको चन्द्रगढी शाखाले ‘एकका लागि एक’ अभियानका साथ झापा जिल्लामा क्वारेन्टाइनमा क्रमिक रूपले खाद्य सामग्री वितरण गर्दै आएको सहारा नेपालको नेत्रितोमा रहेका विविन्न संस्थालाई एक हजार किलो खाद्य हस्तान्तरण गरेको छ ।
यही बुधवार चन्द्रगढी शाखाका शाखा प्रमुख उशितपा पाण्डेले सहारा नेपाल संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीलाई सो खाद्य सामाग्री हस्तान्तरण गरेकी हुुन् । कोरोनाको प्रकोपलाई फैलन नदिने र क्वारेन्टाइन व्यवस्थापनलगायतका लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको बैंकले जनाएको छ ।
लकडाउनको यस विषम परिस्थितिमा पनि बैंकले आफ्ना ग्राहकहरूलाई आफ्ना शाखा र एटीएममार्फत निरन्तर बैंकिङ सुविधा प्रदान गरिरहेको छ ।


