राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पछिल्लो कोराना परीक्षणमा बर्दियाका एक र बाँकेका चार गरी पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
प्रतिष्ठानले साँझ विज्ञप्ति प्रकाशित गरी कोरोना पुष्टि भएकामा बाँकेको नारायणपुर भवनपुर माध्यमिक विद्यालयमा सङ्कलित १२९ नमूनाको परीक्षणका क्रममा राप्ती सोनारी गाउँपालिका –५ बाँकेका २४, २३, २३ र १६ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको जनाइएको छ। त्यस्तै, बर्दियामा सङ्कलित एक सय नमूनामध्ये बाँसगढी –९ निवासी एक २५ वर्षीय पुरुषमा पोजेटिभ फेला परेको जनाएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ८ पुगेको छ।


