Banijya News

काठमाडौंको बुढानिलकण्ठ र टोखामा कोरोना: एकैपल्ट रौतहटमा २६ र बारामा २१ नयाँ संक्रमित

1
1.0K Shares


काठमाडौंको बुढानिलकण्ठ र टोखामा नयाँ कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सोमबार प्रकाशित सूचना अनुसार काठमाडौं (टोखा नगरपालिका ३, ६ र बुढानिलकण्ठ नगरपालिका ३) मा २७, ४१ र ३७ वर्षीया पुरुषहरुमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ ।

त्यस्तै, उपत्यका बाहिर धनुषामा ३, कपिलवस्तुमा ३, बारामा २, रौतहटमा २६, सप्तरीमा २, बर्दियामा १, बाँकेमा ४, बारामा २१ र दैलेखमा ७ जनामा आज थप कारोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको हो ।

नेपालका काेराेना संक्रमितकाे संख्या ६७५ पुगेकाे छ। देशका विभिन्‍न प्रयाेगशालामा गरिएकाे पछिल्लाे परिक्षणबाट ७२ जना थपिएसँगै ६७५ जना संक्रमित पुगेका हुन। 

1

Scroll to Top