Banijya News

‘मेरो गाउँ मै बनाउँछु, बाँझो बारी मै फुटाउछु’ अभियानमा वाग्मती सरकार

1
1.1K Shares

वाग्मती प्रदेश सरकारले तत्काल रोजगारवृद्धि गर्ने कार्यक्रमहरु प्राथमिकतामा राख्ने जनाएको छ । प्रदेशको आज सुरु बजेट अधिवेशनमा आर्थिक वर्ष २०७७-७८ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले कृषि र उद्यमशीलता मार्फत तत्काल रोजगार बढाउने गरी सरकारको बजेट केन्द्रित गर्ने भएको हो । प्रदेश सरकारले ‘मेरो गाउँ मै बनाउँछु, बाँझो बारी मै फुटाउछु’ भन्ने नारालाई प्राथमिकता दिएर काम गर्ने भएको छ । प्रदेश सरकारले युवा विदेशिनेहरु कम हुने र विदेश गएकाहरु पनि फर्किने आँकलन सहित बाँझो बारी फुटाउँने योजना ल्याएको हो ।


कारोनाका संक्रमणका कारण विकास प्रकृया अवरुद्ध भएको कारण त्यसलाई कसरी अगाडि बढाउने भन्नेमा नै बजेटले प्रमुख प्राथमिकता दिने उनको धारण छ । उनी महामारीले भौतिक पूर्वाधारमा लगानी गर्ने परम्परालाई सामाजिक विकासमा लगानी गर्ने अवस्थामा परिवर्तन गरेको बताउँछन् । भौतिक पूर्वाधारहरुमा हुने लगानी परियोजना बैंकमार्फत नै हुने भन्दै उहाँले भीमफेदी–कुलेखानी सुरुङ मार्गको निर्माण सुरु गर्न बजेट निकासा गरिने छ ।


सरकारी अस्पतालहरुको सुदृढिकरण गर्दै सार्वजनिक स्वास्थ्य प्रणालीहरुलाई विशेष ध्यान दिन प्रविधि र जनशक्तिको व्यवस्थापन प्रदेश सरकारले प्राथमिकतामा राखेको छ । सार्वजनिक सेवाको क्षमता वृद्धि, पर्यटन पूर्वाधार विकास, शैक्षिक प्रणालीमा सुधारलाई प्राथमिकताका साथ बजेट विनियोजन गरिने भएको छ ।


प्रदेश सरकारले उत्पादन अघि नै कृषि उत्पादनको समर्थन मूल्य तोक्ने भएको छ । उहाँले कृषकको उत्पादन बचत भए सरकार आफैंले खरिद गर्ने नीति अवलम्बन गर्ने भएको छ । त्यस्तै खाद्यान्न र तरकारी उत्पादनलाई जोड दिँदै एकीकृत पशुपालन तर्फ युवाहरुलाई आकर्षित गर्ने भएको छ । कृषि बजार सुचना केन्द्रको स्थापना, नश्ल सुधार, घाँसे बाली कार्यक्रमलगायतलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने भएको छ ।

1

Scroll to Top