कर्णालीमा आज १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबै सुर्खेतका रहेका छन् । कर्णली अस्पतालका अनुसार १० जना वीरेन्द्रनगर नगरपालिका र २ जना सिम्ता गाउँपालिका रहेका छन् ।
बबई र सुब्बाकुना नाका तथा खुलामञ्चस्थित क्वारेन्टाइनबाट लिईएको स्वाबको पिसिआर नतिजा पोजेटिभ आए पछि सुर्खेतमा उच्च सतर्कता अपनाईएको छ । यो सगँै कर्णालीमा कुल संक्रमित २३ पुगेको छ । पछिल्लो समय भारतबाट भित्रिएकाहरुमा संक्रमण तीव्र देखिए पछि नाकामा क्वारेन्टाईन र परीक्षण व्यवस्थित गर्न चिकित्सकहरुले माग गरेका छन् ।


