Banijya News

राष्ट्रिय सभा सदस्यले प्रयोग गर्दै आएको लोगोमा नेपालको अध्यावधिक नक्सा राखियो

1
1.0K Shares

राष्ट्रिय सभा सदस्यले प्रयोग गर्दै आएको लोगोलाई अध्यावधिक नक्साअनुसार परिमार्जन गरिएको छ । संसदको लोगोमा अद्यावधिक गरिएको नेपालको नक्सा राखिएको छ । 

आइतबार विहान सिंहदरबारमा बसेको कार्य व्यवस्थाले नेपालको नक्सा अध्यावधिक भएको सन्दर्भमा संघीय संसदको लोगो (प्रतीक) र राष्ट्रिय सभाका माननीय सदस्यले प्रयोग गर्दै आएको प्रतीकलाई अध्यावधिक नक्साअनुसार परिमार्जन गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार सांसदहरूले लगाउने लोगो, रोस्ट्रममा भएको प्रतीक चिन्हलाई अद्यावधिक नक्साअनुसार परिमार्जन गरिएको हो ।

सरकारले भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर जारी गरेको नक्साअनुसार निशान छाप परिमार्जन गर्ने संविधान संशोधन विधेयक संसदमा दर्ता गरेको छ ।


1

Scroll to Top