Banijya News

मुलुकको अधिकांश आर्थिक सामाजिक तथा भौतिक पूर्वाधार विकासका सूचक सन्तोषजनकः अर्थमन्त्री डा. खतिवडा

1
1.0K Shares

अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आर्थिक वर्षको फागुन मसान्तसम्म मुलुकको आर्थिक स्थिति सन्तोषजनक रहेको जानकारी गराएका छन् । प्रतिनिधिसभामा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले अधिकांश आर्थिक सामाजिक तथा भौतिक पूर्वाधार विकासका सूचक सन्तोषजनक रहेको जानकारी गराएका हुन् । व्यापारा घाटा सुधार भई सोधानन्तर बचतमा रहेको जानकारी उनले गराएका छन् ।
खतिवडाले कोभिड ( १९ को असर देखिएको र विकासमा प्रभाव पारेको बताएका छन् । बन्दाबन्दीको बीचमा पनि कतिपय विकासका काम भएको अर्थमन्त्री खतिवडाले जानकारी गराएका छन् । फागुनसम्म तीव्ररूपमा आर्थिक क्रियाकलापमा भएको उनले बताएका छन् ।

‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका कदम चाल्नु अघिसम्म अर्थतन्त्रका आधारभूत परिसूचक र विकासका कामहरु सन्तोषप्रद रहेका देखिन्छन’, अर्थमन्त्री डा. खतिवडाले भनेका छन् ।

आर्थिक वृद्धिदर २.३ प्रतिशतमा झर्ने
चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा झर्ने भएको छ । सरकारले यसअघि केन्द्रीय तथ्यांक विभागले अनुमान गरेको यो वर्षको आर्थिक वृद्धिदरभन्दा ०.०३ प्रतिशत बढाएर अनुमान सार्वजनिक गरेको हो । यसअघि विभागले यो वर्षको आर्थिक वृद्धिदर २.२७ प्रतिशत हुने अनुमान सार्वजनिक गरेको थियो । चालु आर्थिक वर्षको बजेटले आर्थिक वृद्धिदर ८.५ प्रतिशतको लक्ष्य राखेकोमा फागुनदेखि कोरोना संक्रमण र त्यसले अर्थतन्त्रमा पारेको प्रभावका कारण अर्थतन्त्रको वृद्धिदर नराम्रोसँग खुम्चिने पुगेको हो । यसअघि गत आर्थिक वर्ष २०७५ ७६ मा नेपालको ६.७५ प्रतिशत आर्थिक वृद्धि भएको थियो। आर्थिक वर्ष २०७४ ७५ मा भने ६.३५ प्रतिशतको आर्थिक वृद्धिदर कायम भएको विभागको तथ्यांकमा उल्लेख छ ।

जनसंख्याको ९० प्रतिशतमा विद्युत् सुविधा
प्रतिनिधिसभामा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै ९० प्रतिशत जनसंख्यामा विद्युत सुविधा पुगेको जानकारी गराएका हुन् । गत वर्ष फागुनसम्म ७७.८ प्रतिशतमा विद्युत सुवधा पुगेको थियो ।सरकारकाले सरसफाइको पहुँच भने सबै जनतामा पुगेको दाबी गरेको छ । अर्थमन्त्री खतिवडाले सरसफलाइको पहुँच सबैमा पुगेको बताए । उनले विद्यालय भर्ना दर पनि सबै श्रेणीमा बढेको उल्लेख छ ।

४४ वटा सार्वजनिक संस्थान नाफामा
सरकारले लगानी गरेका ४४ वटा सार्वजनिक संस्थान हरुमध्ये गएको आर्थिक बर्षमा जम्मा २६ वटा संस्थान मात्रै नाफामा देखिएका छन् भने १३ वटा नोक्सानमा गएको देखाएको छ । अन्य ५ बटा सार्वजनिक सस्थान कारोबार नभएर बन्द अवस्थामा नै पुगेका छन् । संस्थानहरुमा राज्य सर्वसाधारणको गरी चार खर्ब ६४ अर्ब रुपियाँ लगानी रहेको छ । समर्गमा संस्थानहरुको नाफा भने केही बढेको देखिएको छ । आर्थिक बर्ष २०७४–७५ मा ४३ अर्ब ४० करोड खुद नाफा गरेका संस्थानहरुले आर्थिक बर्ष २०७५–७६ मा भने ४८ अर्ब ७७ करोड नाफा गरेका छन् ।


एक वर्षमा २ हजार ९ सय ५५ किलोमिटर सडक विस्तार
पछिल्लो १ वर्षमा २ हजार ९ सय ५५ किलोमिटिर सडक बनाएको छ । नेपालको कूल सडकको लम्बाइ ३४ हजार ३ सय ४७ पुगेको छ । फागुन महिनासम्मको तथ्यांकलाई केन्द्रित गरेर विवरण उपलब्ध गराइएकोमा गत वर्ष फागुन महिनासम्म ३१ हजार ३ सय ९२ किलोमिटर लम्बाइको सडक बनेको थियो । त्यस्तै, गत वर्ष फागुनसम्म १४ हजार १ सय २ किलोमिटर सडक कालोपत्रे गरिएकोमा अहिले बढेर १५ हजार २ सय ५४ पुगेको छ । त्यस्तै, खण्डस्मित सडक गत वर्षसम्म ७ हजार ८ सय ८१ किलोमिटर गरिएकोमा अहिले ९ हजार २ सय ५१ पुगेको छ । गतवर्ष ९ हजार ४ सय १० किलोमिटर कच्चीसडक निर्माण भएकोमा अहिले ९ हजार ८ सय ४२ पुगेको छ ।


प्रति नेपालीको टाउकोमा साढे ३८ हजार ऋण
नेपालीको प्रतिव्यक्ति ऋणको हिस्सा प्रत्येक वर्ष बढ्दै गएको छ । नेपालको सार्वजनिक ऋण ११ खर्ब १४ अर्ब ८१ करोड रुपैयाँ पुगेको हो । चालू आवको ८ महिना अर्थात् फागुन मसान्तसम्मको विवरणलाई आधार मानेर पेस गरिएको प्रतिवेदनमा ११ खर्ब १४ अर्ब ८१ करोड रुपैयाँ ऋण छ । जसका आधारमा नेपालको जनसंख्या २ करोड ९० लाखको हिसाबले १ नेपालीबराबर ३८ हजार ४ सय ४१ रुपैयाँ ऋण बढेको छ । गत वर्ष फागुनसम्म यस्तो ऋण नेपालीको ७८ अर्ब ४५ करोड ऋण थियो । त्यतिबेलाको जनसंख्या २ करोड ८६ लाखको आधारमा एक नेपालीको टाउकोमा ३४ हजार २ सय ११ रुपैयाँ ऋण थियो ।

चालू आर्थिक वर्षको चैत मसान्तसम्म आइपुग्दा सार्वजनिक ऋण पुनः बढेको छ । चैत मसान्तमा ११ खर्ब ९५ अर्ब ६० करोड ऋण पुगेको छ । यस हिसाबले भने ४१ हजार २ सय २२७ रुपैयाँ प्रतिव्यक्ति ऋण पुगेको छ ।

1

Scroll to Top