काठमाडौँ । नेपालको संविधान बमोजिम हरेक जेठ १५ गते सरकारले संसद्यमा वार्षिक बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था अनुरुप आगामी आर्थिक वर्षको बजेट भाषण सद्यिय संसद्को दुवै सदनको संयुक्त बैठकमा बिहीबार अपराह्न ४ बजे प्रस्तुत हुने भएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले आव २०७७-७८ बैठकका लागि दिउँसो ३ः४५ बजेअगावै उपस्थित भइसक्न सबै सदस्यलाई आग्रह गरेका छन् । सभामुख सापकोटाले सार्थक वार्ता र संवादका लागि सुझाव र अध्ययनका लागि गत साउन २० मा गठित कार्यदलको अवधि संसद्को चालू अधिवेशनसम्म कायम हुने गरी प्रस्तुत प्रस्ताव सर्वसम्मतिले पारित भएको थियो ।


