अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७र०७८ को बजेट प्रस्तुत गर्नका ब्रिफकेस बोकेर बालुवाटार पुगेका थिए् ।
बजेट संघीय संसदको संयुक्त बैठकमा ४ बजे पेश गर्ने कार्यसूची भएको र सो अगाडि मन्त्रिपरिषदको बैठकबाट पारित गर्नुपर्ने बैधानिक व्यवस्था अनुरुप उनी बालुवाटार पुगेका थिए । बालुवाटारमा अर्थमन्त्रीले राष्ट्रिय योजना आयोगको पूर्ण बैठकमा आगामी आवको बजेटको बारेमा औपचारीक जानकारी गराएका छन् ।
त्यसपछि मन्त्री खतिवडाले पौने २ बजेबाट शुरु भएको मन्त्रिपरिषदको बैठकमा बजेटको बारेमा जानकारी गराउने कार्यक्रम रहेको छ । बजेको जानकारी मन्त्रिपरिषदको बैठक सकिएपछि राष्ट्रपतिमा जानकारी गराउने र ४ बजे संघीय संसदमा बजेट पेश गर्ने कार्यक्रम छ । त्यही भएर राष्ट्रपतिलाई विधिवत जानकारी गराएपछि उनी सिधै संघीय संसदको संयुक्त बैठकमा साडे तीन मा पुग्ने छन् भने ४ बजेबाट बजेट भाषण शुरु हुने छ ।


