बिहीबार नयाँ कोरोना संक्रमितको संख्या १५६ थपिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ५ जनाको मृत्यु भएको छ भने २२२ जना उपचारपछि निको भएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले देशका विभिन्न प्रयोगशालामा गरिएको नमुना परीक्षणमा १ सय ५६ जनाको कोरोनासम्बन्धी रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका हुन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ६० हजार ६९६ वटा पीसीआर परीक्षण गरिएको छ भने आरडीटी परीक्षण १९ हजार २३४ पुगेको छ । हालसम्म ८७ हजार ५७ जना क्वारेन्टिनमा छन् ।


